पेट्रोल खन्याएर आगो लगाएका वृद्धको मृत्यु  

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार १६:०८

काठमाडौं । बागलुङका १ जना ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् ।

तारा खोला गाउँपालिका –१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।  ।

प्रहरीका अनुसार वृद्धले घरदेखि करिब ५० मिटर टाढा रहेको चउरमा बसेर शरीरमा आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरी तत्कालै धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि लगेका थिए ।

आगोले कम्मरभन्दा माथिको भाग जलेर गम्भीर अवस्थामा अस्पताल पुर्‍याइए पनि चिकित्सकले हस्तलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक हस्तको पोस्टमार्टमपछि शव परिवारको जिम्मा दिएको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.