मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु 

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार २०:५०
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका –८ का ६० वर्षीय पुष्पदास दर्जीलाई सोमबार साँझ ७ बजेतिर प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाइते दर्जीलाई तत्कालै लालीगुराँस हेल्थ केयर सेन्टर लगे पनि थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।

उनको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मंगलबार (आज) मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

पैदल हिँडेका दर्जीलाई पूर्वपश्चिम राजमार्गको डुडाँमारी चोकबाट झिलझिलेतर्फ आउने क्रममा शिवसताक्षी –८ बुद्ध चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर दिएको मोटरसाइकल र मोटरसाइकल चालक शिवसताक्षी–८ कै ३० वर्षीय दुरेन सेर्मालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.