एमाले विराटनगर महानगर कमिटीमा निर्वाचनको तयारी

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार ११:२८

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका निर्वाचनको तयारी भएको छ । यसअघि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो ।

उक्त प्रयास सफल हुन नसकेपछि निर्वाचनको तयारी भएको पार्टी स्रोतले जानकारी दिएको छ । निर्वाचनमा २ वटा प्यानलबाट मनोनयन दर्ता भएको छ ।

अध्यक्षका आकांक्षी रोहित कोइराला र बलराम गिरी (नवीन) ले पूर्व घोषित प्यानलै उम्मेदवारी दर्ता गराएका छन् । बुधवार साँझसम्म उम्मेदवारी दर्ता गरिएपछि बिहीबार मतदान गर्ने गरी निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गरेको हो ।

मङ्गलवार उद्घाटन भएको दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास उम्मेदवार छन् ।

ढकाल प्यानल भनिएका गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईँ, उपसचिवमा हिमा मैनाली पोखरेल, हामिद आजाद छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.