मोरङको लेटाङमा मापसे गरेर लडिरहेको अवस्थामा भेटिएका कमलको मृत्यु

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १९:०२

विराटनगर । मोरङको लेटाङमा मापसे (मादक पदार्थ सेवन) गरेर बाटोमा लडिरहेको अवस्थामा भेटिएका १ जनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–४ मिलन चोकका ३८ वर्षीय कमल श्रेष्ठ मापसे गरेर बाटोमा लडिरहेको अवस्थामा बिहीबार साँझ फेला परेका थिए । प्रहरीका अनुसार मापसे गरेर उठ्न नसक्ने गरी लडिरहेको अवस्थामा उनलाई लेटाङ–६ मा साथी विकल ओजी मगरले भेटेका हुन् ।

विकलले लडिरहेको ठाउँबाट उठाएर कमललाई स्थानीय टेकबहादुर मगरको घरमा लगेर सुताइदिएका थिए । तर, केही बेरमा टेकबहादुरले उठाउन खोज्दा उनी उठेनन् । आफ्नो घरमा सुतिरहेका कमल नउठेपछि टेकबहादुरले उनको बुवा मणिराम श्रेष्ठलाई फोन गरेर जानकारी गराएका थिए ।

सबै जना भेला भएर कमललाई तत्काल उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाइयो । अस्पताल पुर्याउनसाथ राति ९ः३० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार अत्यधिक मापसे गरेका कारण कमलको मृत्यु भएको हुनसक्छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जोशीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.