विपद्जन्य घटनामा परेर हालसम्म ४१ जनाको मृत्यु 

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १९:०४

काठमाडौं । प्री–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।

शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेकाे विज्ञप्तिमा यसपालिको प्री–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र २ सय ५७ जना घाइते भएको जनाएको छ । विज्ञप्तिमा विपद्जन्य घटनामा करोडौँको आर्थिक क्षति भएको उल्लेख गरिएको छ ।

हाल देशमा मुख्यतया: स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो मौसमी अवस्था अझै केही दिन रहने देखिन्छ ।

यसपालिको प्री–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र २ सय ५७ जना घाइते भएका छन् भने करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको नेतृत्वमा राष्ट्रिय विपद् प्रतिकार्य कोष २०७० (संशोधन २०७४) मा उल्लेखित विषयगत क्षेत्र अनुसारका सरकारी निकाय (लिड्स) र सहयोगी निकाय (को–लिड्स) को सहभागिता र सहकार्यमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७ (संशोधन २०७६) बमोजिम मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०८२ तर्जुमा भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्री–मनसुनको अवधिमा मौसमी अवस्थाको कारणले घट्न सक्ने विषयजन्य घटनाबाट सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न सबै निकाय जिम्मेवारी भएर लाग्नु पर्ने बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट जारी हुने विषय सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न र विपत्बारे चासो राखी विपद सुरक्षित नेपाल निर्माणमा साथ र सहयोग पुर्‍याउन प्राधिकरणको अपिल छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.