टिपरसँग ठोक्किएर कार चालकसहित २ जनाको मृत्यु

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १९:१८
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

जनकपुर । बारामा शुक्रबार दिउँसो कार र टिपर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पथलैया –निजगढ सडक खण्डको १३ किलोमा दिउँसो ३ बजेतिर भएको दुर्घटनामा कार चालक र कारमा सवार अर्का एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका –१५ हजरियाका ४६ वर्षीय नारायण हरि शर्माको मृत्यु भएको छ भने मृतक कार चालकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा ०१–०२५च ५०७६ नम्बरको कार र निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार क्षतिग्रस्त भएको छ भने टिपर सडक छेउमा पल्टिएको छ । टिपर चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.