
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित चिलिम लाहुरे सामुदायिक वनमा रेडपान्डा फेला परेको छ । स्थानीय मनोज राईले वैशाख २ गते लोपोन्मुख रेडपान्डा फेला पारेर फोटो खिचेका छन् ।
उक्त वडाको फुङ्गालुवा, छिमालुङ, वैशाखे वालिखा, चिलिम लाहुरे लगायतका सामुदायिक वनमा रेडपान्डा पाइन्छ । उक्त क्षेत्रमा रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपाल, खोटाङले समुदायमा आधारित रेडपान्डा संरक्षण परियोजना सञ्चालन गरेको छ ।
रेडपान्डा प्रशस्त पाइए पनि संख्या भने गणना भइनसकेको जनकल्याण समाज नेपाल, खोटाङका अध्यक्ष वीरेन्द्र मगरले बताए । ‘उक्त सामुदायिक वनहरूमा रेडपान्डाको संरक्षणका लागि ‘ब्लक’ बनाइएको छ। परियोजनाले ती वनहरूमा हेरालु समेत राखेको छ ।























