शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामाबारे एमाले उपाध्यक्ष शाक्यले उठाइन् प्रश्न

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १२:२३

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री पदबाट विद्या भट्टराईको राजीनामाबारे प्रश्न उठाएकी छन् । शाक्यले भट्टराईलाई किन सरकारमा सहयोग भएन भनेर प्रश्न तेर्स्याएकी हुन् ।

शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो भन्ने शाक्यको प्रश्न छ । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विद्या भट्टराई सक्षम इमानदार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ?उहाँलाई सहयोग किन भएन ?’

भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ । ‘कमरेड विद्या तपाईँको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्’ उनले लेखेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.