कोशी राजमार्ग अवरुद्ध , सडक खुलाउने प्रयास जारी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार ११:००

विराटनगर । पहिरो गएपछि कोशी राजमार्ग आवागमन अवरुद्ध भएको छ ।

कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोट खोला खण्डमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।

मकालु गाउँपालिका –३ आलफाट्टेमा बुधबार (आज) बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार रातभर पानी परेपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.