
काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्थ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई मन्त्री बनाएका हुन् । पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका छन् ।
विद्या भट्टराईले गत सोमबार राजीनामा दिएपछि शिक्षामन्त्री खाली थियो । पन्तको शपथग्रहण बिहीबार हुने सम्भावना छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।


























