नेपाल र भारतका २३ सैनिकले संयुक्त रुपमा कञ्चनजंघा आरोहण गर्ने

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १४:४४

विराटनगर । नेपाल र भारतका सेनाले यो वर्ष संयुक्त रुपमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्ने भएका छन् । वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म हुने आरोहणमा भारतीय सेनाका १० र नेपाली सेनाको तर्फबाट १३ जना सहभागी हुने जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकले सलामी दस्तुर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा दस्तुर मिनाहा भएको हो ।

भारत नेपाल कञ्चनजंघा हिमाल आरोहण संयुक्त कार्यक्रमअन्तर्गत आरोहणको कार्यक्रम तय गरिएको हो ।

८ हजार ५ सय ८६ मिटर उचाईको यो हिमाल आरोहणका लागि अन्य देशका नागरिक आधार शिविर पुग्न थालेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.