रास्वपा संसद्‌मा छाया सरकारको स्वरूपमा प्रस्तुत हुने

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १८:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्‌मा छाया सरकारको स्वरूपमा प्रस्तुत हुने भएको छ । संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । बर्खे अधिवेशनको पूर्व सन्ध्यामा रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।

दलको कार्यलय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद्‌मा छाया सरकारको स्वरुपमा प्रस्तुत हुने निर्णय लिएको सांसद मनिष झाले जानकारी दिए । ‘एउटा छाया सरकारको स्वरुपमा सदनमा प्रस्तुत हुने’ संसदीय दलको निर्णय सुनाउँदै सांसद झाले भने ।

उनका अनुसार योग्यता, दक्षता र क्षमता भएको विषयमा सम्बन्धित सांसदको नेतृत्वमा खोज र अनुसन्धान गरेर विषयहरू संसद्मा प्रस्तुत गरिनेछ । यसअनुसार अर्थतन्त्र र परराष्ट्र क्षेत्रको नेतृत्व स्वर्णिम वाग्लेले गर्नेछन । शिक्षा र परराष्ट्रमा शिशिर खनालको दक्षता छ ।

युवा र खेलकुदमा विराजभक्त श्रेष्ठको छ । सञ्चार र पर्यटनमा स्वयम झाको दक्षता छ । दक्षता भएको क्षेत्रमा सम्बन्धित सांसदको क्षेत्रको नेतृत्व लिएर सरकारमाथि निगरानी राख्ने र खबरदारी गर्ने नीति रास्वपाले लिने भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.