जंगिए ओली, ‘राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन थोप्न खोजेका हुन् ?’

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १९:०५

काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजा र राजसंस्थाको माग गर्नेहरुलाई राक्षसी प्रवृत्ति देखाएको भन्दै कटाक्ष गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको ‘युथ सेलिब्रेसन’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिका घरमा आगजनी गर्ने, पार्टीका कार्यालय, व्यापारिक प्रतिष्ठान, सञ्चारगृह तोडफोड गरेर कस्तो तानाशाही ल्याउन खोजेको भन्ने देखिएको बताए । उनले लोकतन्त्र नमान्ने, जनताको अभिमतको अपमान गर्ने, संघर्षको अपमान गर्ने काम भएकोमा आाक्रोश व्यक्त गरे ।

उनले भने, ‘जंगली होइन, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि कस्तो शासन थोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने स्पष्ट देखाएको छ ।’ उनले युवाहरूले देखिने, सुनिने, बुझिने गरी त्यस्ता प्रवृत्तिलाई अस्वीकार गर्न आँट गर्नुपर्ने बताए ।

ओलीले अब युवाले देशलाई अघि बढाउनुपर्ने पनि बताए । ‘युवा साथीहरूलाई भन्न चाहन्छु, अब तपाईंहरूले देशलाई अघि बढाउनुपर्नेछ, देश कस्तो बनाउने ? जन्मिँदै श्रेष्ठताको कुनै वैधानिक आधार नभएको पाखण्डी सिद्धान्त कुल घरानका आधारमा, जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कताकता सुनिन थालेको छ’, उनले भने, ‘केही तत्त्वले केही मानिसहरूमार्फत युवा आफ्नो साथमा रहेको बताएर भ्रम छर्ने प्रयास गरिरहेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.