
काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति काठमाडौंमा निधन भएको छ।
डंगोल नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापतिसमेत हुन् । कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेन दास प्रधानले भने, ‘लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोल हामी बीच रहनु भएन।’
लामो समयदेखि अस्वस्थ्य रहेका उनी पछिल्लो समय पार्टी गतिविधिमा सक्रिय थिएनन् । उनको आज (शनिबार) अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
























