
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले एकीकरणको घोषणाको तयारी थालेका छन् ।
दुवै पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिएको छ ।
एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’
दुवै दलका शीर्ष नेता पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए ।
























