महानगरमा डिजिटल नागरिक बडापत्र सञ्चालन 

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १५:१७

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक बडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा मेयर कोइरालाले डिजिटल नागरिक बडापत्र शुभारम्भ गरेका हुन् ।

बडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरूको बारेमा जानकारी प्राप्त हुनेछ । महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरू समेत बडापत्रमार्फत हेर्न सकिने आइटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिइन् ।

उनका अनुसार मोबाइल चलाउन जान्ने सबैले बडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहित महानगरसँग सम्बन्धित अन्य जानकारीहरू पनि प्राप्त हुनेछ । बडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णले बताइन् ।

जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरूको विवरणसमेत राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरू पारदर्शी रूपमा हेर्न र बुझ्न सजिलो भएको बताए ।

उनले जनताका लागि यो बडापत्रमार्फत अत्यन्तै पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्न सहज भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.