गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना : ३ जनाको मृत्यु, २३ जना घाइते

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १५:३९

विराटनगर । उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार मध्यान्ह दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कम्तीमा २३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० बदगामा आइतबार मध्यान्ह १२ बजेतिर प्रदेश १–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस आफैं अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा परेर सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती र पहिचान नखुलेका १ पुरुष र १ जना महिलाको मृत्यु भएको काफ्लेले जनाए । उनका अनुसार गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ दिउँसो १ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

पहिचान खुल्न बाँकी रहेका पुरुष र महिलाको भने बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको डीएसपी काफ्लेले बताए । उनका अनुसार शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएर मृतकको पहिचानको प्रयास भइरहेको छ ।

बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ । तीमध्ये कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको मध्यम एवं सामान्य छ । उनीहरुको विराटनगरको गोल्डेन अस्पताल र कन्चनरुप नगर अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने २१ वर्षीया सुवेता दाहाल, २६ वर्षीया चेतना भट्टराई, सप्तकोशी–२ का ४४ वर्षीय विजय विक, झापाको झापा गाउँपालिका–३ का मनोज भट्टराई, मीना भट्टराई, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, चौदण्डीगढी नगरपालिका–९ की २६ वर्षीया नरमाया मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ३५ वर्षीय भरत यादव, सप्तरीको हनुमानकंकालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम र हनुमानकंकालिनी नगरपालिका–७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर घाइते भएका छन् ।

त्यस्तै, सप्तकोशी–१ की ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पवित्रा मगराती, सप्तरीको महादेवा गाउँपालिका–२ की ५० वर्षीया विमलादेवी ठाकुर, उदयपुरको बसाहा नगरपालिका–९ बेल्टारकी ६० वर्षीया मायादेवी थापा, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ३४ वर्षीय श्याकुमार सदा, ४० वर्षीय मनोज सदा, उदयपुरको त्रियुगा नगरपालिका–१ का ४० वर्षीय सनावती चौधरी, कन्चनरुप–८ की ५५ वर्षीया निर्मला गुप्ता, उदयपुुरको चौदण्डीगढी–१० का ६५ वर्षीय पुजनदेवी सिलवाल, ३० वर्षीया गीता सिलवाल र चौदण्डीगढी–९ का ६८ वर्षीय बमबहादुर कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र चालक झापाको मेचीनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी काफ्लेले बताए ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.