
काठमाडौं । हाल देशभर मौसममा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशखाका अनुसार आज (सोमबार) बिहानका रातिदेखि बागमती प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ।
लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भागका १–२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको पूर्वानुमान गरिएको छ । मुलुकभर पश्चिमी वायु तथा स्थानीय वायु र बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ।

























