सरकारको वार्षिक प्रतिवेदन पेस

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार १३:३४

काठमाडौं। नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा आज (सोमबार) पेस गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० र २०८०–०८१ संसदमा पेस गरेका छन् ।

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था छ ।

राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.