बर्जुबाट १९९ किलो गाँजासहित दुई जना पक्राउ

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार ०९:४५

विराटनगर । प्रहरीले १९९ किलो गाँजासहित सुनसरीको बर्जुबाट २ जनालाई पक्राउ गरेको छ ।

सोमबार राति बर्जु गाउँपालिका– ३ नहर चोकबाट १९९‍‍.३ किलो गाँजा लोड गरिएको पिकअपसहित चालक जिल्ला धनकुटाकाे धनकुटा नगरपालिका– ९ का ३३ वर्षीय उद्धव भण्डारी र सहचालक ३० वर्षीय कबिराज राईलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी खानतलासी गर्दा ६ वटा बोरामा राखेको अवस्थामा गाँजा फेला पारेको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.