माओवादी केन्द्रका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार १३:०५

काठमाडौं । शिक्षकहरुको माग सम्बोधन गर्न चासो नदिएको भन्दै माओवादी केन्द्रका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद महेन्द्रबहादुर शाहीले राजीनामा माग गरेका हुन् । सरकारले शिक्षक र चिकित्सकको कुरा नसुनेको भन्दै उनले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको दाबी गरे ।

२८ दिनदेखि सडक आन्दोलनमा शिक्षक रहदा सरकार रमिते बनिरहेको आरोप उनको छ ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरु सबै दलका भएको भन्दै उनीहरुका माग सम्बोधन गरी तुरुन्तै विद्यालयमा पठाउन माग गरे ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले विषयको गाम्भिर्यता हेरी शिक्षकहरुका माग सम्बोधन गर्न माग गरिन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र अर्का सांसद ठाकुर गैरेले शिक्षकहरु सरकार र सरकारमा भएका नेताहरुबीच निरन्तर वार्ता भइरहेको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.