लगानी सम्मेलन अघि काेशीमा अध्यादेश जारी

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार २०:२४

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेश जारी गरेको छ । लगानी सम्मेलन अघि प्रदेश सरकारले ८ वटा ऐन संशोधन गर्नेगरी ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अध्यादेश जारी गरेका हुन् ।

लगानी सम्मेलन बैशाख १८ र १९ गते विराटनगरमा हुँदैछ ।

२०८२ बैशाख १६ गतेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ प्रदेश प्रमुख खापुङले जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अध्यादेश मार्फत सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ , प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ का केही दफा संशोधन गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.