पिकअपमा मोटरसाइकल ठोक्किएर भारतीय नागरिकको मृत्यु

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार ०७:१३
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । झापामा मंगलबार राति पिकअप गाडीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारतीय नागरिकको मृत्यु भएको छ ।

मेची राजमार्गअन्तर्गत भद्रपुर नगरपालिका–२ चारआलीमा मे १ च ५४४७ नम्बरको पिकअपसँग बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकल राति ८ः१५ बजेतिर ठोक्किएको हो । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको पिकअप मोड्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकल चालक भारत बतासीका ३४ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई उद्धार गरेर उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।

पिकअप चालक झापा–३ का ४४ वर्षीय पंकज सुवेदीलायृ नियन्त्रणमा लिएरु प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.