मोरङको धनपालथानमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार ०८:४३

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक आज (बुधबार) बिहान मृत फेला परेका छन् ।

युवकको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन् । मण्डल मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीयले नालामा शव देखेपछि बिहान ६ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर सडकबाट नालामा खसेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मण्डलले चलाउँदै आएको मोटरसाइकल उनको शवनजिकै भेटिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.