
काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदैछ ।
गत फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु भएको अभियान आज कन्चनपुर पुगेर सकिन लागेको हो ।
बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान सुरु भएको दुई महिनापछि सकिने भएको हो । अभियान समापनका लागि माओवादी अध्यक्ष प्रचण्ड कञ्चनपुरमा छन् ।
























