कारगारबाट छुटे रेशम चौधरी

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १७:३०

काठमाडौं । बुधबार दिउँसो पक्राउ पछि डिल्लीबजार कारागार चलान भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरी रिहा भएको बताएका हुन् ।

सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पत्र पठाएर यसअघि चौधरीसहित पठाइएको पत्र आधिकारिक नभएका कारण थुनामुक्त गर्न भनेको थियो ।

अदालतको पत्र पछि चौधरी कारागारबाट छुटेका हुन् ।

चौधरीलाई कारागार चलान गर्नका लागि पत्र लेख्ने सर्वाेच्च अदालतका कर्मचारी महिमानसिंह विष्ट पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.