
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गर्नका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् । कोशी प्रदेशको लगानी सम्मेलनको उद्घाटन गर्दै उनले सम्भावना पर्याप्त भएकाले जुनसुकै क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
हुलाकी राजमार्ग निर्माणको क्रममा रहेको बताउँदै उनले अहिले लगानी गरेको उद्योगबाट उत्पादन सुरु हुँदा पूर्वपश्चिम मार्ग एसियन मापदण्डको बन्ने बताए । पूर्वपश्चिम राजमार्ग विस्तारकाे काम भइरहेकाे छ । सडक पूर्वाधारले बजारीकरणका लागि सहज हुने बताउँदै उनले लगानीको उपयुक्त वातावरण रहेको बताए ।

























