
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा जुनसकै क्षेत्रमा लगानी गरेपनि हुने बताएका छन् ।
कोशी प्रदेशको पहिलो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा जुनसुकै क्षेत्रमा लगानी गरेपनि सहजै प्रतिफल लिन सकिने बताएका हुन् ।
उनले उद्योग र व्यावसाय सञ्चालन गर्नका लागि अनुकुल वातावरण कोशीमा रहेको बताए ।
कोशी प्रदेशबाट भारत र बंगलादेशसम्म सहज यातायात पहुँच भएकाले आयात निर्यात गर्न सजिलाे हुने बताए ।
प्रदेशमा निजी क्षेत्रकाे सहजताका लागि ऐन संशोधन गरेको बताउँदै उनले लगानीको वातावरण प्रदेशमा पर्याप्त रहेकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।

























