
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले कोशी प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले निर्धक्क भएर प्रदेशमा लगानी गर्न आग्रह गरेका हुन् ।
‘निजी क्षेत्रलाई लगानी गर्ने बाधा अडकाउ फुकाउने काम भएको छ,’ उनले भने,‘ नेपाल लगानीको अवसर भएको देश हो ।’
१० अर्बको नेपाल डेभलभमेन्ट पब्लिक लिमिटेडले प्रदेशको एउटा आयोजनामा लगानी गर्ने उनले बताए । प्रदेशमा आफूले पनि लगानी सुरु गरेको बताउँदै उनले प्रदेशका सम्भावित आयोजनाहरुमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

























