
विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कोशी प्रदेशको लगानी सम्मेलनले समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने बताएका छन् । लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
समृद्ध नेपाल निर्माणका लागि सबै विषयलाई सधैभरी राजनीतिक हिसाबले हेर्ने व्यवहार बदल्नुपर्ने बताए । उनले विकास निर्माणका लागि सबै एकै ठाउँमा उभिनुपर्ने बताए ।
प्रदेश लगानी सम्मेलनले नयाँ सन्देश दिएकाे बताउँदै उनले कर्णाली प्रदेशको प्रकृतिक स्रोत र साधानको प्रयोगका लागि पनि निजी क्षेत्रलाई आग्रह गरे ।
उनले कोशी प्रदेशमा लगानीसँगै अन्य प्रदेशमा पनि लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

























