
विराटनगर । काेशी प्रदेश सरकारले आयाेजना गरेकाे पहिलाे लगानी सम्मेलनले प्रदेशमा लगानीकाे वातावरण बनाउने प्रदेशका तीन पूर्वमुख्यमन्त्रीले बताएका छन् । उद्घाटन सत्रमा बाेल्दै पूर्वमुख्यमन्त्री शेरधन राई, उद्धव थापा र राजेन्द्रकुमार राईले यस्ताे बताएका हुन् ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेशमा सम्भावना पर्याप्त भएपनि कानुनी जटिलताका कारण कठिनाइ भएको बताए । कानुनी जटिलता संघीय सरकारले नफुकाएसम्म झण्झट रहने उनले बताए । प्रदेशमा लोकल रक्सी ब्राण्डिङ गर्न खोज्दा झन्झट व्योहोरेको बताउँदै उनले संघले प्रदेशलाई अधिकार दिनुपर्ने बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले लगानी सम्मेलनले प्रदेशमा लगानीको आधार सृजना गर्ने बताए । सम्मेलनबाट लोकल मदिरा उत्पादनका लागि भित्रिने लगानीले प्रदेशको आर्थिक समृद्धिको आधार तयार गर्ने बताए । कोशी प्रदेश नमुना प्रदेश भएका कारण पर्याप्त सम्भावना रहेको बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशको संरचना स्थापना हुँदै गर्दा आफूले लगानी सम्मेलनको सोच बनाएको बताए ।
स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणका लागि प्रदेशले लगानी सम्मेलनको आयोजना गरेको बताए ।

























