कोशी लगानी सम्मेलन : प्रदेशको मुहार फेर्ने अपेक्षा (भिडियाे)

Share this
684shares
मुलुकी खबर
इशु पन्त
clock२०८२ बैशाख १८, बिहीबार १८:४६

विराटनगर । कोशी प्रदेशको पहिलो लगानी सम्मेलनले आर्थिक समृद्धिको मुहार फेर्ने सहभागीहरुले प्रतिक्रिया दिएका छन् । लगानी सम्मेलनले रोजगारीको अवसर सृजना गर्ने रोजगारीको खोजीमा विदेसिने समस्याको समाधान हुने अपेक्षा गरिएको छ ।

सम्मेलन स्थलमा भेटिएकी महिला उद्यमी अन्जु राई बस्नेतले नेपाली उत्पादनको बजारीकरणमा सहज हुने बताइन् । सम्मेलनले नेपाली उत्पादनलाई विश्वबजारसम्म लैजान सहज पुग्ने उनको अपेक्षा छ ।

कोशी प्रदेश सांसद लिला बल्लभ अधिकारी मुलुकमा लगानीको वातावरण अनुकुल रहेको सन्देश सम्मेलनले दिएको बताउँछन् । प्रदेशमा लगानीको वातावरण बनेका कारण निजी क्षेत्रलाई उत्साहित बनाएको उनले बताए ।

उद्योग ,पर्यटन ,जल विद्युत , भौतिक पूर्वाधार क्षेत्रमा व्यापक लगानीको सम्भावना रहेको बताउँदै उनले सम्मेलनले कोशी प्रदेशको विकासको ढोका खोल्ने बताए ।

कोशी प्रदेश सरकारले आयोगका गरेको लगानी सम्मेलनले रोजगारको अवसर सृजना गर्ने भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत खड्काले लगानी सम्मेलनले प्रदेशमा लगानीको अवसर रहेको सन्देश दिएको बताए । सम्मेलनबाट भित्रिने लगानीले स्वदेशमा रोजगारीको अवसर सृजना गर्ने उनले बताए ।

सम्मेलन स्थलमा भेटिएका अर्का सहभागी विष्णुप्रसाद काफ्लेले कृषि पर्यटन र पूर्वाधारको क्षेत्रमा प्रस्तुत भएको योजनामा लगानी भए प्रदेशको विकास हुने बताए ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.