रेशमलाई पक्राउ गर्न पत्र लेख्ने विष्टलाई म्याद थप गर्न लगिँदै

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १३:२९

विराटनगर । । सर्वोच्च अदालतको लेटरहेडमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई म्याद थप गर्न अदालत लगिँदै छ । रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई अब केहीबेरमा म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदै छ । अनधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भन्दै उनी आफैँ गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो । पत्र अनधिकृत भएको खुलेपछि पाँच घण्टामै उनी रिहा भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.