सरकारकाे नीति तथा कार्यक्रम : १ वर्षभित्रै मुलुकलाई ग्रे लिष्टबाट बाहिर ल्याउने

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १७:२३

विराटनगर । सरकारले ८२/८३ को नीति तथा कार्यक्रममा एक वर्षभित्रै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने कार्य योजना प्रस्तुत गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी गतिविधिमा हुने लगानी नियन्त्रणका लागि आवश्यक कदम चाली एक वर्षमै बाहिर निस्कने गरी सम्पत्ति शुद्धीकरण अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याउने बताए ।

एक वर्षभित्रै नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने गरी आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको राखिएको छ । उनले आर्थिक र वित्तीय प्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुदृढ गरिने बताए ।

उनले भने- ‘कसुरजन्य सम्पत्ति जफत गरी राज्यको स्वामित्व ल्याउने प्रक्रियालाई निरन्तरता दिइनेछ । सम्पत्ति शुद्धीकरण नवीकरणका लागि सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा लगानी सम्बन्धी रणनीति नीति तथा कार्य योजना अनुसारका कार्यसम्पादनका लागि २०८३ साल भित्रै सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्ने मुलुकको श्रेणीमा पुर्‍याइने छ ।’

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.