प्रदेश सरकार सूचना प्रविधिको विकासमा प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

Share this
822shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २०, शनिबार १५:१८

विराटनगर  ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा आयोजित प्रदेशको पहिलो सूचना प्रविधि (आइटी) सम्मेलनको उद्‌घाटन गर्दै मुख्यमन्त्री कार्कीले सूचना प्रविधिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा पहिलो पटक आयोजना गरिएको आइटी सम्मेलनले प्रदेश सरकारलाई काम गर्न थप ऊर्जा दिएको छ ।

यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा उनले उल्लेख गरे ।

कोशी प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरू रहेकाले काठमाडौंपछिको आइटी गन्तव्यका रूपमा विकास गर्न सकिने कार्यक्रमका सहभागीहरूले बताए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी मञ्चका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रको रूपमा विकास गर्दै स्टार्टअपहरूलाई आवश्यक सहयोग पुर्‍याउने र प्रविधिमा आधारित नीति निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

समिटमा प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागिता जनाएका थिए । उनीहरूले प्रविधिमा कोडिङ मात्र नभई विविध क्षेत्रमा सम्भावना रहेको बताउँदै सिकाइ, सृजनशीलता र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.