
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश कमिटीले ज्ञापनपत्र बुझाएको छ ।
आइतबार दिउँसो कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले विभिन्न मागसहित मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
प्रदेशको बजेट निर्माणको तयारी भइरहेका बेला नेकपा एकीकृत समाजवादीले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाएको पार्टीले जनाएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति माग पूरा गर्ने आश्वासन दिएका छन् ।
























