उमागाैरी सहकारीकाे बचत अपचलन मुद्दामा उच्चका न्यायाधीशबीच राय बाझियाे

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार १५:३८

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ४ मा रहेकाे उमा गौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाकाे सुनुवाईका क्रममा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएकाे छ । याे सहकारीकाे बचत अपचलन मुद्दामा  संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जाेडिएकी छन् ।

जिल्ला अदालतले धराैटीमा छाडेका प्रतिवादीविरुद्ध उच्च सरकारी वकिलकाे कार्यालयले दायर गरेकाे निवेदन सुनुवाईका क्रममा वैशाख ११ गते न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाबीच राय बाझिएकाे हाे ।

राय बाझिएपछि याे निवेदनकाे सुनुवाई तेस्राे न्यायाधीशकाे बेञ्चमा हुनेछ । सुनुवाईका लागि बैशाख २५ गते बिहीबार हुने उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी थिइन् । न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा सहमत हुन नसकेका कारण तेस्रो न्यायाधीश समक्ष पेश गर्न राय दिएका हुन् । उनले प्रतिवादीहरू रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा एक करोड धरौटी राख्नुपर्ने राय दिएका छन् ।

‘प्रतिवादी शम्भुप्रसाद रौनियारलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरी जिल्ला अदालतबाट भएको आदेश सदर गरेको हकमा मेरो सहमति रहेको भए पनि प्रतिवादीहरु मध्ये उमा गौरी सहकारी संस्था लिमिटेडको संचालक समितिको सदस्य तथा पदाधिकारीको रुपमा कार्य गर्ने प्रतिवादीहरुको कसुरमा हुनसक्ने संलग्नतालाई बिचार गरी जिल्ला अदालतबाट एकरुपको आदेश भएको नदेखिँदा प्रतिवादी मध्येका रोशन राजवंशी, अंजला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा अभियोगपत्रमा उल्लेखित बिगो समेतलाई बिचार गरी जनही  १,००,००,०००। (एक करोड) र अन्य प्रतिवादीहरु लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीकोहकमा जनही रु २५,००,०००।( पच्चिस लाख) नगद, बैंक वा जेथा जमानत दिए लिई निज प्रतिवादीहरुलाई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु र सो धरौट दिन नसके कानूनबमोजिम मुद्दाको पर्पक्ष गर्नु,’ उनकाे लिखित फरक रायमा भनिएको छ,‘ माननीय न्यायाधीशज्यू श्रीधरा कुमारी पुडासैनीको राय सँग सोहद सम्म म सहमत हुन नसकेको हुँदा प्रस्तुत निवेदनहरु सुनुवाईका लागि तेस्रो न्यायाधीशको इजलास समक्ष पेश गर्नु ।’

उमा गौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पूर्पक्षका लागि कारागारमा छन् । सञ्चालक सदस्य रोशन राजवंशी पनि पूर्पक्षका लागि कारागारमै छन् ।

शिक्षीकासमेत रहेकी कोइरालालाई भने मोरङ अदालतले पुस २४ गते १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । पुस २४ गते अदालतमा उपस्थित भएकी थुनछेक बहसपछि धराैटीमा छाड्ने आदेश दिएकाे थियाे । आदेशपछि उनी धरौटी बुझाएर छुटेकी थिइन् ।

उमा गाैरीकाे २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ रक अपचलन आराेपमा २०८१ मंसिर २७ गते २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.