प्रचण्डलाई योगेश भट्टराईले भने,‘सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्नुहोस्’

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १३:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न नेकपा एमालेका सचिव योगेश भट्टराईले सुझाव दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । मंगलबार संसदको बैठकमा एमालेका सचिवसमेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न आग्रह गरेका हुन् ।

‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नहोस्,’ योगेशले भनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.