कोशी प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १४:०६

विराटनगर । कोशी प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १४,१५ र १६ दिवस मनाउने भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस– २०८२ लाई भव्य रुपमा मनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मंगलबार गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै भव्य बनाउन निर्देशन दिएका हुन् ।

‘दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ र गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रुपमा मनाउनुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री कार्कीले गणतन्त्रपछि प्राप्त उपलब्धीलाई आम नागरिकमा जानकारी गराउने र व्यवस्थाप्रतिको भरोसा जगाउन दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.