उदयपुरको हडियाको एक घर जलेर नष्ट 

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार १३:४०
फाइल फाेटाे

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका –९ हडियाको एउटा घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

चौदण्डीगढी –९ हडियास्थित मुसहरनियामा मोहन र सोवित खत्री (दाजुभाइ)को  घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुवै दाजुभाइ एउटै घरमा बस्दै आएका थिए ।

मंगलबार राति सोवितको भान्सा घरको विद्युत् सर्ट भइ गए आगलागी भएको प्रहरीले जनाएको छ ।

आगोले खत्रीको काठबाट बनेको टिनको छाना भएको २ तले घर जलेर नष्ट भएको हो । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण अन्नपात, भाँडाकुँडा, लत्ता कपडा, सुनचाँदी, नगद, फर्निचरलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो लागेको जानकारी प्राप्त भए पनि समयमा दमकल पठाउन नसकिएको प्रहरीले जनाएको छ । नगर मुकाम बेलटार र सदरमुकाम गाईघाटबाट दमकल लान त्रियुगा खोलाले अवरोध गर्दा आगोको क्षति कम गर्न नसकिएको हो ।

वर्षाले बेलटार –हडिया खण्डमा पर्ने त्रियुगा नदीमा सञ्चालन गरिएको अस्थायी सडकको ह्युम पाइप बगाएर आउजाउ अवरुद्ध भएका कारण दमकल समयमा पुग्न नपाउँदा क्षति धेरै भएको बताइएको छ ।

घर जलेपछि २ परिवारका १० जना छिमेकीको घरमा शरण लिएर बसेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.