तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २४, बुधबार २०:३९

विराटनगर । तीन महिनामा कोशी प्रदेशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका र प्रहरीको ब्यारेकमा रहेका ६ जनाको मृत्यु भएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ ।

Advertisement

इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका– ७ का ४९ वर्षीय सई धनराज खतिवडाको फागुन ४ गते झुन्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका– ४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका–४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका– ५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरुष गरी ४९ जनालाई गिरफ्तार गरेको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरुष घाइते भएका छन् ।

तीन महिनाको अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरुद्धका घटनामा ३१६ जना गरी कूल ३७५ जना पीडित भएको उल्लेख छ ।

अन्य पक्षबाट भएका घटनामा घाइते पुरुष ३०, कुटपिट महिला दुई र पुरुष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरुष, हत्याका घटना दुई जना महिला र दुई जना पुरुष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरुष, बाल अधिकारविरुद्धका घटनामा ४१ जना र महिला अधिकारविरुद्धका घटनामा २२८ गरी कुल ३१६ जना पीडित भएका छन् ।

इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुर्व्यवहारका घटनामा पीडित भएका छन् ।

महिला अधिकारविरुद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार, एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १९७ गरी २२८ जना महिला पीडित भएका छन् ।

तपाइको प्रतिक्रिया
बाढीको वितण्डा : फेला पर्न थाले मृतकका शवहरू
भोटेकोशीमा आकस्मिक बाढी : चीनसँग समन्वय, पुनः बाढीको जोखिम
गृहमन्त्रीले संसद्लाई भोटेकोशी बाढीको जानकारी गराउने, प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
४१ सुरक्षाकर्मी र १४ जना भन्सार कर्मचारी सम्पर्कविहीन
उद्धार एवं राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
कांग्रेसको आकस्मिक बैठक
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
भोटेकोशीको बाढीले अवस्था भयावह (तस्बिरहरु)
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×