विराटनगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार २०:५६

विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।

बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो ।

महानगरका सबै वडाहरूमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको थियो ।

सर्वेक्षणका क्रममा १५ महिना मुनिका शून्य डोजका ५ जना बच्चा, ७७ जना ड्रप आउट बच्चा, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना बच्चा र ३ सय ७९ जना ड्रप आउट बच्चाहरूलाई राष्ट्रिय खोप तालिका बमोजिम खोप लगाई वडाहरूबाट पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिए ।

खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले घोषणासँगै आगामी दिनमा खोप सुनिश्चितताको दिगोपनाको प्रतिबद्धतासमेत जनाइएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.