
विराटनगर । भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेकाले दुई देशबीच हुने लडाइँमा नेपाली गोर्खा सैनिकलाई पहिलो प्रयोग नगर्न सांसाद मिना तामाङले माग गरेकी छिन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसबारे भारत सरकारसँग पहल गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन्।
तामाङले भनिन्, ‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।’
























