ट्राफिक प्रहरीलाई निर्देशन दिने क्रममा एसपी विनोद घिमिरे लडे  

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २५, बिहीबार १६:०७

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको परिसरमा ब्रिफिङ तथा निर्देशन दिँदै गर्दा ट्राफिक प्रमुख एसपी विनोद घिमिरे एक्कासि ढलेर बेहोस भएका छन् । 

बिहीबार दिउँसो २ बजेतिर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी घिमिरेले मोरङ मातहतका सबै पोस्ट इञ्चार्जहरुलाई आवश्यक ब्रिफिङ तथा निर्देशन दिन सुरु गरे लगत्तै एक्कासि भुइँमा लडेर बेहोस भएको प्रहरीले जनाएको छ । 

तत्कालै ट्राफिक कार्यालय नजिकै रहेको विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरेपछि अवस्थामा केही सुधार आएको बताइएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले ट्राफिक प्रहरी पोस्ट इञ्चार्जहरुलाई निर्देशन दिने क्रममा एक्कासि बेहोस भएर लडेपछि तुरुन्तै अस्पताल भर्ना गरिएको जानकारी दिए ।

उनका अनुसार घिमिरेको विराट नर्सिङ होममा उपचार भइरहेको र सुधार हुँदै आएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.