
विराटनगर । विराटनगर – विराट चोक सडक खण्डमा बिहीबार (आज) एक जना पैदल यात्री वृद्धलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका –६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट विराट चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्बरको मोटरसाइकलले ६ नम्बर वडा कार्यालय अगाडि बाटो काट्दै गर्दा बिहान १० बजेर ५० मिनेटमा गिरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
मोटरसाइकलको ठक्करबाट टाउको, दाहिने हात, खुट्टामा चोट लागेका गिरीलाई उपचारका लागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
गिरीको उपचारका क्रममा ११ बजेर ३५ मिनेटमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका– ७ का १७ वर्षीय अनिष भगतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरैँचामा राखेर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।























