
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज एक हजार चार सय रूपैयाँले घटेको हो ।
बिहीबार तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य भने बढेको छ ।
महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।

























