राजावादीले निकाले मोटरसाइकल र्याली

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार १५:०१

काठमाडौं । राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले आज (शुक्रबार) काठमाडौंमा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।

सुकेधाराबाट सुरु भएको र्याली महाराजगन्ज, गोंगबु, कलंकी हुँदै बल्खु पुगेर समापन हुने जनाइएको छ । समितिका अनुसार त्यहाँ सभा आयोजना गरी नेताहरुले आफ्ना धारणा राख्ने छन् ।

र्यालीमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी छन् ।

समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.