
विराटनगर । मोरङको बेलबारीमा ‘सुनौलो जून’ हाइकु संग्रहको लोकार्पण गरिएको छ ।
बेलबारी बहुमुखी क्याम्पसमा वरिष्ठ साहित्यकार हर्कमान तामाङको प्रमुख आतिथ्यमा पूर्वाञ्चल हाइकु संघ कोसी प्रदेशले ‘सुनौलो जून’ सामूहिक हाइकु संग्र्रहको लोकार्पण गरेको हो ।
हाइकु संग्र्रहको लोकार्पणका संविधानसभा सदस्य तथा गायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेलगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।
पूर्वाञ्चल हाइकु संघले प्रकाशन गरेको ‘सुनौलो जून’ मा कोशी प्रदेशका ९ जिल्लाका २१ स्रष्टाका ५० – ५० हाइकु गृहीत छन् ।
कार्यक्रममा राजेन्द्र प्रधान पासाले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरे ।
कार्यक्रममा कृतिमा समेटिएका २१ स्रष्टामध्येका चूडामणि नेपाल अकिञ्चन, डी.बी. बस्नेत, एवाइ प्रभात, नवराज पोखरेल ‘नवशिला’, कृष्ण गौतम, टीका मिलन, हिरा खड्का लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईलाई सम्मान गरिएको थियो ।
पूर्वाञ्चल हाइकु संघ कोसी प्रदेशका अध्यक्ष तिला लेकालीको अध्यक्षता कार्यक्रम भएको थियो ।



















