राजतन्त्र पुनःस्थापनाको सपना नदेख्न प्रधानमन्त्री ओलीको चेतावनी

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १४:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने प्रस्ट पार्दै अब कुनै पनि जेठ १५ मा राजसंस्थाको पुनरागमन नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीभित्रै बसेर लोकतन्त्र उल्ट्याउने प्रकारका अभिव्यक्तिहरू दिइनु आपत्तिजनक रहेको बताए।  ‘आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष भइरहेको छ, र देशलाई प्रतिगमनतर्फ लैजाने हुंकार सुनिन्छ, यो निकै अचम्मको कुरा हो,’ उनले भने ।

उनले प्रतिगमनको बाटोमा लाग्नेहरूलाई समयको महत्व बुझ्न आग्रह गर्दै भने, ‘अब आउने कुनै पनि जेठ १५ मा राजसंस्था फर्किने छैन। यस्तो भ्रममा नपरौं, यस्ता सपना काम लाग्दैनन् ।’

प्रधानमन्त्री ओलीले देश संविधान र कानुनअनुसार नै सञ्चालन हुने दोहोर्‍याउँदै, सबैलाई यही ढाँचामा चल्न तयार हुन आग्रह गरे। “शान्तिपूर्ण आन्दोलन र वैधानिक प्रक्रिया सिक्न सके राम्रो हुन्थ्यो,’ उनले थपे । उनले प्रतिगमनको वकालत गरेर ‘टाउको ठोक्किने गरी उफ्रिनु’ को कुनै अर्थ नरहेको भन्दै, संवैधानिक व्यवस्थामा विश्वास राखेर अघि बढ्न सबै पक्षलाई आह्वान गरे ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.