अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा प्रभातफेरी (फोटो फिचर )

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार ११:१७

विराटनगर । नेपाल नर्सिङ संघ मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा प्रभातफेरी निकालिएको छ ।

‘हाम्रा नर्सहरू, हाम्रो भविष्य : नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ’ भन्ने मूल नाराका साथ सोमबार (आज) अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।

कोशी अस्पतालबाट सुरु भएको प्रभातफेरी सिडिओ अफिस चोक, गोल्छा चोक, मेन रोड, जलजला चोक, अस्पताल चोक हुँदै पुनः कोशी अस्पतालमा पुगेर सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइने गरिएको छ । सन् १९७४ को जनवरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।

नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जना अनुसार प्रभातफेरी पछि रक्तदान, बिरामीका लागि कमोड कुर्सी वितरण र बिरामीहरूलाई खाना वितरण गरिने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.